३० जेठ २०८३, शनिबार

सामाजिक सुरक्षा कोषमा सूचीकृत नहुने नीजि विद्यालयको अडान

पुस ५, २०७५
सामाजिक सुरक्षा कोषमा सूचीकृत नहुने नीजि विद्यालयको अडान

काठमाडौं । मुलुभर सञ्चालित निजी विद्यालय सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा सूचिकृत नहुने जनाएका छन् । प्याब्सन सचिवालयको बैठकले प्याब्सनका सबै प्रदेश, जिल्ला कार्यसमिति र स्थानीय कार्यसमितिलाई गोप्य सर्कुलर गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत नहुन निर्देशन दिएको छ ।

सरकारले नया नेपाल नया युगमा प्रवेश गरेको र सबै निजी क्षेत्रमा कार्यरत मजदुरलाइ योगदानकर्ताको अवकाशपछि प्राप्त हुने गरी वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता जीवित रहेसम्म निवृत्तिभरणको व्यवस्था गर्न सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागु गरेको थियो । तर प्याब्सन लगायतका निजी विद्यालयका संगठनले पछिल्लो समय सरकारले निजी विद्यालयप्रति गरेको व्यवहार प्रति आक्रोशित जनाउदै उक्त कोषमा सुचिकृत नहुन आह्वान गरेको खबर अाजकाे नेपाल समाचारपत्र दैनिकमा छ ।

salt training

कमेन्ट गर्नुहोस्