०२ असार २०८३, मंगलबार

आरआर क्याम्पसको स्ववियु चुनाव अन्योलमा, विद्यार्थीको नारावाजी

कात्तिक २०, २०७४
आरआर क्याम्पसको स्ववियु चुनाव अन्योलमा, विद्यार्थीको नारावाजी
काठमाडौं, २३ फागुन–आरआर क्याम्समा आजका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अन्योलमा परेको छ ।

प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा एमाले निकटको अनेरास्ववियुले निर्वाचनको माग गर्दै नाराबाजी गरेको छ भने अनेरास्ववियु क्रान्तिकारी र नेपाल विद्यार्थीसंघले एकलौटी रुपमा गर्न लागिएको चुनाव कुनै पनि हालतमा गर्न नहुने भन्दै नारावाजी गरेका छन् ।

विहानैदेखि विद्यार्थी मतदानका लागि लाइनमा बसेपनि प्रहरीले विद्यार्थीलाई क्याम्पसमा प्रवेश गर्न दिएको छैन ।
सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ भने क्याम्पस प्रमुखलाई समेत प्रवेश गर्न दिइएको छैन ।

अनेरास्ववियुका सचिव आरसी लामिछानेले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुन नदिनका लागि कांग्रेस र माओवादी केन्द्रले सत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

उता नेविसंघका सहमहामन्त्री प्रेम जोशीले अखिलले एकलौटी रुपमा क्याम्पसलाई व्यारेक बनाएर गर्न खोजेको निर्वाचन हुन नसक्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्