२८ जेठ २०८३, बिहीबार

पाँच दिनदेखि नेकपाको बैठक जारी, सरकारको आलोचना र प्रतिरक्षामा केन्द्रीत

पाँच दिनदेखि नेकपाको बैठक जारी, सरकारको आलोचना र प्रतिरक्षामा केन्द्रीत

काठमाडौं– मंसिर २९ गते शनिबारबाट शुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठकमा नेताहरु बोल्नेक्रम जारी रहेको छ । 

बिहीवार विहान साढे ८ बजेबाट शुरु भएको आजको बैठकमा पनि ८ जना स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राखेका छन् । 

आजको बैठकमा किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लिलामणी पोखरेल, चक्रपाणी खनाल, मातृका यादव र विष्णु रिमालले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र वामदेव गौतमले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए । 

बैठक भोलि बिहान ८ बजे पुन बस्ने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्