
म्याग्दी– डिभीजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर घुस रकमसहित पक्राउ परेका छन् ।
वन कार्यालयमा पर्न आएको काठ कटानी सम्बन्धी मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग मागेको ३३ हजार रुपैयाँसहित सहायक वन अधिकृत ठाकुर पक्राउ परेका हुन् ।
विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई घुस रकम लिइसकेको अवस्थामा म्याग्दीको बेनी नगरपालिका–७ स्थित निवासबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका ठाकुरमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।