×

NMB BANK
NIC ASIA

स्वास्थ्य मन्त्रालयमा दुई सचिवको झमेला, प्रशासकलाई स्वास्थ्यको जिम्मा, डाक्टरलाई जनसंख्या !

पुस ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– सर्वोच्च अदालतले स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको पक्षमा फैसला सुनाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दुई सचिव व्यवस्थापनको चुनौती थपिएको छ ।

Muktinath Bank

चौधरीको सरुवाको विषय अदालतमै रहेको अवस्थामा मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयमा नयाँ सचिव नियुक्त गर्‍यो । सर्वोच्चले मंगलबार गरेको अन्तिम फैसलापछि स्वास्थ्यमा दुई जना सचिव भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि डा. पुष्पा चौधरी रहेको कार्यकक्षमा मन्त्रिपरिषद्को निर्णयपछि आएका नयाँ स्वास्थ्य सचिव केदारबहादुर अधिकारी छन् । सर्वोच्चले मंगलबार नै फैसला सुनाएपनि स्वास्थ्य मन्त्रालयमा डा. चौधरीको लागि कार्यकक्ष भने अझै तोकिएको छैन । 


Advertisment
Nabil box
Kumari

कार्यकक्ष नभएकाले आफू हाजिर गरेर मात्रै फर्किने गरेको डा. पुष्पाले लोकान्तरलाई बताइन् ।

Vianet communication
Laxmi Bank

‘म पहिला बसेको ठाउँमा नयाँ सचिव बस्नुभएको छ, मेरो लागि बस्ने ठाउँ नै भएन,’ डा. चौधरीले लोकान्तरसँग भनिन्, ‘स्वास्थ्य मन्त्रालय त गइरहेको छु, बस्ने ठाउँ नहुँदा हाजिर मात्रै गरेर फर्किएको छु ।’
मन्त्रालयले आफ्नो लागि ठाउँ नै नदिएको उनले बताइन् । 

प्रधानमन्त्री र मन्त्री डा. चौधरीसँग रुष्ट

डा. चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेपछि गत कात्तिक १५ गते उनले सरकारको निर्णय विरुद्ध सर्वोच्चमा निवेदन दिएकी थिइन् । चौधरीको निवेदनमा पहिलो सुनुवाइ गर्दै प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले अन्तरिम आदेश जारी गर्दै सरकारको निर्णय कार्यान्वय नगर्न भनेको थियो । सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै सरकार पुनरावलोकन (भ्याकेट) मा गयो । 

सरकारको  भ्याकेटमा डा. चौधरीलाई सरुवा गर्नुको आधार कानून सम्बत नभएको भन्दै सर्वोच्चले अन्तरिम आदेश निरन्तर हुने निर्णय सुनायो ।

सर्वोच्चको फैसला डा. चौधरीको पक्षमा आएपछि दुई सचिवलाई व्यवस्थापन गर्न सरकारलाई चुनौती थपिएको छ । अहिले स्वास्थ्य मन्त्रालयमा दुई सचिव व्यवस्थापनको विषय नै प्रमुख छलफलको विषय बन्न पुगेको छ । 

सचिवको दरवन्दी थप गरी व्यवस्थापन गर्ने तयारी

स्वास्थ्य मन्त्री उपेन्द्र यादव र सचिव डा.चौधरीबीच कुरा नमिल्दा मन्त्री यादवकै दबाबमा मन्त्रिपरिषद्ले सचिवको सरुवा प्रधानमन्त्री कार्यालयमा गरेको थियो । 

प्रधानमन्त्री कार्यालयमा चौधरीलाई तानिएपछि स्वास्थ्य मन्त्रायलमा नियुक्ति पाएका सचिव केदार बहादुर अधिकारी प्रशासन तर्फको भएको भन्दै स्वास्थ्यकर्मीहरुले पनि विरोध गरेका छन् । 

अदालतले स्वास्थ्य मन्त्रालयमा डा. चौधरीको पुनर्वाहलीको फैसला गरेपछि अर्का सचिव अधिकारी पुनः प्रधानमन्त्री कार्यलय फिर्ता हुनसक्ने धेरैको अनुमान छ । 

तर सरकारको निर्णय विरुद्ध डा. चौधरी सर्वोच्च अदालत गएपछि प्रधानमन्त्री र विभागीय मन्त्री डा.चौधरीप्रति झनै रुष्ट बनेका छन् ।

त्यसैले  प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले स्वास्थ्य मन्त्रालयमा नै  सचिवको दरवन्दी थप गरी डा. चौधरीलाई कम जिम्मेवारी दिएर व्यवस्थापन गर्ने तयारी गरिरहेको मन्त्रालय स्रोतले बताएको छ ।

नयाँ सचिव अधिकारीलाई स्वास्थ्य कै जिम्मा दिएर डा. चौधरीलाई जनसंख्याको सचिव बनाउने चलखेल मन्त्रालयमा भइरहेका स्रोतको दाबी छ ।

‘यहाँ दुई सचिवको व्यवस्थापनको विषय नै प्रमूख विषय छ अहिले, स्वास्थ्यमा मन्त्रिपरिषद्को निर्णयबाट सरुवा भएका सचिव छन्,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘सचिव सरुवाको विषयले विवाद भयो, अब मन्त्रिपरिषद्ले विवाद आउन नदिने गरी सचिवको दरवन्दी थप गरी दुई सचिवको व्यवस्थापन गर्ने तयारी गरेको छ ।’

अब बस्ने मन्त्रिपरिषद्बाट मन्त्रालयमा जनसंख्या तर्फ सचिवको दरवन्दी थप गरी डा. चौधरीलाई त्यसको जिम्मेवारी दिने तयारी भएको स्रोतले बतायो । 

‘स्वास्थ्य तर्फको सचिवलाई अस्पताल, कर्मचारी सरुवा, बढुवादेखि स्वास्थ्यका कार्यक्रमको जिम्मेवारी हुन्छ, त्यसमा सचिव अधिकारीलाई नै राखेर, जनसंख्या तर्फ सचिवको पद थप गरी त्यसमा डा चौधरीलाई जिम्मेवारी दिइदै छ,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘ त्यसो भयो भने मन्त्री र डा. चौधरीबीच धेरै समन्वय गर्नु पर्दैन, अदालतको फैसलाको सम्मान हुन्छ, विवादको पनि अन्त्य हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x