१२ असार २०८३, शुक्रबार

मेलम्चीमा संलग्न नेपाली निर्माण व्यवसायीद्वारा आन्दोलन गर्ने चेतावनी

मेलम्चीमा संलग्न नेपाली निर्माण व्यवसायीद्वारा आन्दोलन गर्ने चेतावनी

काठमाडौं -मेलम्चीमा संलग्न नेपाली निर्माण व्यावसायीहरुले मेलम्चीको विदेशी ठेकेदार कम्पनी सीएमसीले दिनुपर्ने भुक्तानी नदिएको भन्दै आन्दोलन उत्रने चेतावनी दिएका छन् । 

उनीहरुले आज एक विज्ञप्ती जारी गरि २८ वटा निर्माण कम्पनीहरुको डेढ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको जनाइएको छ । 

नेपाली निर्माण व्यवसायीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख छ–‘सीएमसीले आयोजनाबाट भुक्तानी पाएपछि हाम्रो भुक्तानी दिने आश्वासन दिदै आएकोमा ठेक्का रद्द हुने स्थितीमा पुग्नुले हाम्रो उक्त रकम जोखिममा पर्न गएको छ । विदेशी ठेकेदार भएपनि मेलम्चीमा हामी नेपालीको श्रम, सिप, मेहनत र लगानी परेको छ । 
आयोजना निर्माणको अन्तिम चरणमा आइपुग्दा खानेपानी मन्त्रालयले अन्य विकल्प खोज्ने भन्दै नयाँ ठेक्का दिने चलखेल गर्न थालेको स्वंयम मन्त्रालयले मंगलवार जारी गरेको विज्ञप्तीबाट देखिन्छ । सीएमसीसंग ठेक्का संझौता रद्द गरि नयाँ ठेक्का संझौता गर्नु आयोजना लम्ब्याउने नियत हो । ठेक्का रद्द गरि नयाँ ठेक्का सम्झौता गर्ने हो भने नेपाली व्यवसायीले नियमानुसार पाउनुपर्ने भुक्तानीको ग्यारेन्टी सरकारले लिनुपर्छ ।’

उनीहरुले विदेशी ठेकेदार कम्पनी सीएमसीले नियमानुसार पाउने भुक्तानी दिंदा नेपाली व्यवसायीका कम्पनीले पनि भुक्तानी पाउनुपर्ने शर्त राखेर मात्र आयोजनालाई भुक्तानी गर्न पनि सरकारसंग आग्रह गरेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्