२२ जेठ २०८३, शुक्रबार

आज पनि जारी हुनेछ नेकपा स्थायी कमिटी बैठक

आज पनि जारी हुनेछ नेकपा स्थायी कमिटी बैठक

काठमाडौं–नेकपा स्थायी कमिटी बैठक शुक्रबार पनि जारी रहने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बिहान ८ बजेपछि बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी हुनेछ । 
यसअघि ३४ जना सदस्यले आफ्नो धारणा राखिसकेका छन् । 

बिहिबारमात्रै सदस्यहरु  किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लिलामणी पोखरेल, चक्रपाणी खनाल, माृतका यादव र विष्णु रिमालले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेका थिए । 
बैठकमा बोल्ने अधिकांसले सरकार र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट जनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्