०८ असार २०८३, सोमबार

टीशर्ट बेचेरै करोडपति बनिन् यी बालिका

टीशर्ट बेचेरै करोडपति बनिन् यी बालिका

काठमाडौं — अमेरिकाको लस एन्जिलिसमा आफ्नो स्टोरअगाडि पोज दिँदै खेरिस रोजर्स भन्छिन्, ‘म १२ वर्ष भएँ । म फ्लेक्सिङ इन माई कम्प्लेक्सनको सीईओ हुँ ।’

उनी सत्य कुरा भन्दैछिन् । खेरिस किशोरी पनि भइसकेकी छन् । उनी एक कम्पनीकी बोस हुन् र कम्पनीले हजारौं टीशर्ट बेच्छ । 

फ्लेक्सिन इन माई कम्प्लेक्सन खेरिसको फेशन लेबल हो । कम्पनीले सकारात्मक सन्देश दिने टीशर्ट बनाउँछ । 

टीशर्टमा छापिएको सन्देशको थिम एउटा मात्र हुन्छ – आफ्नो छालाको रंगका विषयमा चिन्तित नहुनुस्, जिन्दगी खुलेर बिताउनुस् । 

खेरिसको यो सन्देशले अमेरिकामा काला जातिका मानिसलाई शक्ति दिइरहेको छ र हजारौं ग्राहकले टीशर्ट किनिरहेका छन् । 

उनले आफ्नो ब्रान्ड अप्रिल २०१७ मा शुरू गरेकी थिइन् । त्यतिखेरदेखि अहिलेसम्म उनले साढे दुई करोड रुपैयाँ बराबरको कमाइ गरिसकेकी छन् । 

उनी भन्छिन्, ‘म पहिलेदेखि नै फेशन डिजाइनर बन्न चाहन्थें । तर यति सानै उमेरमा शुरू गरौंला भन्ने लागेको थिएन ।’

खेरिसकी दिदी टेलर पोलार्डले उनलाई सहयोग गर्छिन् । उनी सहयोगी पनि हुन् र कम्पनीकी व्यवस्थापक पनि हुन् । 

टीशर्ट बेचेरै करोडपति बनिन् यी बालिका

त्यतिखेर खेरिस जम्मा १० वर्षकी थिइन् । ट्विटरमा पोस्ट गरिएको तस्वीरमा उनले प्रिन्टेड फ्रक लगाएकी थिइन् । 

खेरिसले पहिलो टीशर्ट डिजाइन गर्दा बोल्ड अक्षरमा सुनौलो रंगले फ्लेक्सिन इन माई कम्प्लेक्सन लेखेकी थिइन् । 

यो नै उनको कम्पनीको लेबल हो र सन्देश पनि । टेलर पोलार्ड पनि बहिनीले डिजाइन गरेकै टीशर्ट लगाउँछिन् । 

टेलर भन्छिन्, ‘हामीले अप्रिल २०१७ को अन्तिमतिर ट्विटरमा त्यो सन्देश पोस्ट गरेका थियौं । त्यो भाइरल भयो । त्यसको एक हप्तामा हामीले टीशर्ट व्यापार शुरू ग–यौं ।’

विगत डेढ वर्षमा २० हजारभन्दा बढी टीशर्ट उनीहरूले बेचिसकेका छन् । 

आफ्नो छालाको रंगमा गर्व गर्न सिकाउने सन्देश टीशर्टले दिन्छ । 

व्यावसायिक सफलता भन्दा पनि खेरिसलाई मानिसले पठाउने सन्देशले प्रभावित गर्छन् । 

‘उनीहरूले आफू त मेरै जस्तो स्थितिबाट गुज्रिएको बताउँछन् । म उनीहरूलाई कुनै पनि स्थितिमा एक्लो अनुभव नगर्नुस् भन्छु । त्यसैले मलाई म सधैं सकारात्मकता फैलाउँछु जस्तो लाग्छ । म अहिले संसारभरि छाएकी छु र मेरा
सन्देशहरू विश्वव्यापी भएका छन् ।’ 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्