०९ असार २०८३, मंगलबार

अवैध उत्खनन् र निकासी रोक्न प्रदेश सरकारलाई निर्देशन

पुस ६, २०७५
अवैध उत्खनन् र निकासी रोक्न प्रदेश सरकारलाई निर्देशन

बुटवल – ५ नम्बर प्रदेशको संसदीय समिति अर्थ, उद्योग तथा पर्यटन समितिले नदीजन्य पदार्थको अवैध उत्खनन् र निकासी रोक्न प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ लगायत नदीजन्य पदार्थको निकासीको अवस्थाबारे छलफल गर्न बसेको बैठकले सरकारलाई नदीजन्य पदार्थको अव्यवस्थित दोहन र अवैध निकासीले नदी गहिरिँदै गएको र यसले प्राकृतिक जोखिम बढाउने भन्दै त्यसलाई व्यवस्थित गर्न निर्देशन दिएको हो । 

समितिले प्रदेश सरकारका वन वातावरण, उद्योग तथा पर्यटनमन्त्री लिला गिरीलाई बैठकमा बोलाएर जानकारी लिँदै त्यसतर्फ चासो दिन ध्यानाकर्षण गराएको हो । 

बैठकमा समितिका सदस्यहरुको जिज्ञासापछि सभापति दधिराम न्यौपानेले सरकारले कार्यविधि जारी गरेर पनि कार्यान्वयन गर्नतर्फ गम्भीरतापूर्वक नलागेको र अवैध निकासी र चोरीपैठारी नरोकिएको भन्दै तत्काल अवैध गतिविधि रोक्न सरकारलाई निर्देशन दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्