१५ असार २०८३, सोमबार

यस वर्ष १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गरिने

यस वर्ष १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गरिने

चितवन– सात प्रदेशका १५ जिल्लामा यस वर्ष राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले शुक्रवार चितवनमा आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा सो जानकारी दिइएको हो । सरकारले पहिलो चरणमा पाँचथर जिल्ला र सिंहदरबारका कर्मचारीलाई कार्ड वितरण गर्ने काम शुरु गरिसकेको छ । जिल्लाका १६ वर्षमाथिका जनतालाई यो कार्यक्रममा सहभागी गराइने छ । 

सो अवसरमा विभागका महानिर्देशक दीपक काफ्लेले कार्यपत्र प्रस्तुत गर्दै कार्यक्रमको उद्देश्य, परिचय, राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी सन्दर्भ तथा नीतिगत व्यवस्था, दीर्घकालीन सोच र परिकल्पना, रणनीतिक उद्देश्यलगायतका बारेमा प्रकाश पारेका थिए । 

सो अवसरमा प्रदेशसभाका शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति घनश्याम दाहाल, प्रदेशसभा सदस्य रिना गुरुङ, चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलगायतले परिचयपत्र वितरणमा देखिने समस्यालाई निराकरण गर्दै अघि बढ्नुपर्ने बताएका थिए । 

सरकारले विदेशी नागरिक छ महीनाभन्दा बढी नेपालमा बसोबास गरे परिचयपत्र दिनसक्ने व्यवस्था गरेको भन्दै उनीहरुले यसलाई अझै बढाउनु पर्ने माग राखेका थिए । 

विसं २०६८ को जनगणनाअनुसार चितवनमा तीन लाख ४९ हजार ९२ लाई परिचयपत्र वितरण गरिने छ । नागरिकका जैविक तथा वैयक्तिक विवरण र विद्युतीय चिप एवं सुरक्षणसहितको सो परिचयपत्रले सरकारी, गैरसरकारी निकाय, बैंक, टेलिकम, व्यावसायिक सेवा प्रदायक संस्थाले प्रयोग गर्ने रजिष्टे«शन फारमलाई विद्युतीय (डिजिटाइन्ड) गर्न मद्दत पुग्ने छ । राष्ट्रिय सुरक्षा कायम गर्न नेपाली एवं विदेशी नागरिकका गतिविधिको अनुुगमन गरी आपराधिक र आतङ्कवादी क्रियाकलापलाई नियन्त्रण गर्न सहज हुने उद्देश्यले सरकारले यो कार्यक्रम गर्न लागेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्