०२ असार २०८३, मंगलबार

कृत्रिम योनी बनेपछि युवतीले पाइन नयाँ जीवन, २ हजार पुल बनाइँदै

पुस ७, २०७५
कृत्रिम योनी बनेपछि युवतीले पाइन नयाँ जीवन, २ हजार पुल बनाइँदै
सन्दर्भ तस्वीर

काठमाडौँ–महिनावारी आज होला, भोलि होला भन्दाभन्दै २६ वर्ष भइसकेकी थिइन् पोखराकी एक युवती । 
महिनावारी हुने उमेरको दोब्बर अर्थात् २६ वर्षसम्म पनि महिनावारी नभएपछि चिकित्सककहाँ सल्लाह लिन पुग्नु स्वाभाविक थियो । महिनावारी नभएर विवाह गर्न समेत अप्ठ्यारो भएपछि उनी चिकित्सकहाँ पुगिन् ।
पोखराकी ती युवती वसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा पुगेपछि चिकित्सकहरूले उनको योनी र पाठेघर नै नभएको पत्ता लगाएका थिए । 

त्यसपछि उनलाई चिकित्सकहरुले शल्यक्रिया गरी योनीमार्ग बनाइदिएका छन् तर पाठेघर नभएका कारण भविष्यमा उनको सन्तान भने हुनेछैन । 
इशान बाल तथा महिला अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ डा आशा सिंहको नेतृत्वमा बालरोग विशेषज्ञ डा आरपी चौधरी, डा सुमनबिक्रम अधिकारी र एनेस्थेसिया चिकित्सक डा छन्दबहादुर बुढाथोकीको टोलीले सातघण्टा लामो शल्यक्रियापछि ती युवतीको योनीद्वार बनाएको हो । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । 
गोरखापत्रमानै  मुलुकभरि दुईहजार भन्दा बढी पुल निर्माण गर्न लागिएको खबर छापिएको छ । 
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले राजमार्ग र सडकहरूबीचको ‘कनेक्टिभिटी’ लाई प्रभावकारी बनाउन त्यसो गर्न लागिएको जनाएका हुन् । 

सडक विभाग, पुल महाशाखाद्वारा शुक्रबार आयोजित पुलहरुको स्तरोन्नति तथा मर्मत सम्भार कार्यक्रमको दोस्रो चरणको घोषणा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री महासेठले पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर विकास निर्माणका कामहरूलाई अगाडि बढाइरहेको जानकारी समेत दिए । 

salt training

कमेन्ट गर्नुहोस्