०७ असार २०८३, आइतबार

दाङ दुर्घटना अपडेट : सबै शव अस्पतालमा, मृतक २२ मध्ये ५ जनाको सनाखत

दाङ दुर्घटना अपडेट : सबै शव अस्पतालमा, मृतक २२ मध्ये ५ जनाको सनाखत
तस्वीर: रासस

दाङ– तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव राप्ती अञ्चल अस्पतालमा राखिएको छ । मृतकमध्ये चार महिला र १८ पुरुष रहेका छन् । सबै शव राति ३ बजेसम्म अस्पतालमा ल्याइसकिएका हो । 

मृतक २२ जनामध्ये पाँच जनाको सनाखत भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ । मृत्यु हुनेमा दाङ्ग घोराही उपमहानगर पालिका–३ का चालक बर्ष ३२ का मदन केसी, ऐ वडा नम्वर १७ का (शिक्षक) वर्ष २८ का प्रदिप घिमिरे, भुमे गाउँपालिका पुर्वी रुकुमका वर्ष २८ का नरेश ओली, दंगीशरण–१, दाङ्गका वर्ष ३० का संजिव खगैया र घोराही–१४ का वर्ष १७ का विजय जिएम रहेका छन् । 

अन्यको सनाखत हुन बाँकी छ । आफन्त आउने क्रम जारी रहेकाले केही समयमा सनाखत हुने प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते भएका १५ जनालाई कोहलपुरस्थित शिक्षण अस्पताल लगिएकोे छ । शुक्रबार साँझ करिब ५ बजे विद्यार्थी र शिक्षक चढेको बा४ख ९७६६ नंको बस दुर्घटना परेको हो । घोराही स्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरी तुलसीपुरतर्फ फर्कने क्रममा बेलुका बस दुर्घटना परेको हो ।

salt training

कमेन्ट गर्नुहोस्