१५ असार २०८३, सोमबार

राजपा नेता अलमलमा, आन्तरिक विवादमा फस्यो

पुस ७, २०७५
राजपा नेता अलमलमा, आन्तरिक विवादमा फस्यो

काठमाडौं– आन्तरिक विवादका कारण राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेपाल का नेता अलमलमा परेका छन् । 
सरकारलाई दिएको समर्थन दसैं, दीपावली तथा छठ पछि फिर्ता लिने चेतावनी दिएको राजपा नेपालले आन्तरिक विवादले बैठक नै बस्न सकेको छैन । 

गत ४ मंसिरमा अध्यक्ष मण्डलका संयोजकमा राजेन्द्र महतोलाई चयन गरिएको थियो । अध्यक्ष मण्डलको संयोजक रहेका महन्थ ठाकुरलाई हटाउँदै बैठकले ठाकुरको अवैधानिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।

ठाकुरलाई संयोजकबाट हटाउनु र उनको नियुक्ति खारेज गर्नुले अध्यक्ष मण्डलको बैठक नै बस्न सकेको छैन । राजपा नेपाल स्रोतले दिएको जानकारीअनुसार आन्तरिक विवाद झन्झन् बढ्दै गएकाले बैठक अनिश्चित बन्दै गएको छ । आजको राजधानी दैनिकमा  खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्