२२ असार २०८३, सोमबार

ईपीएल उपाधिका लागि भैरहवा र ललितपुर भिड्दै, कसले मार्ला बाजी ?

ईपीएल उपाधिका लागि भैरहवा र ललितपुर भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल खेल शनिबार हुँदैछ । उपाधिका लागि भैरहवा ग्लाडियटर्स र ललिपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुँदैछ । 

फाइनल खेल दिउँसो साढे १२ बजेपछि हुनेछ । भैरहवा शरद भेषावकर तथा ललितपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा उत्रने छन् । दुवै टोली उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रदैछन् । 

भैरहवा क्वालिफायर दुईमा काठमाडौँ किंग्स ११ लाई ६ विकेटले हराउँदै फाइनलमा पुगेको हो । यस्तै ललितपुरले क्वालिफायर एकमा काठमाडौँ ११ लाई नै एक विकेटले हराएको थियो ।

भैरहवाले प्रतियोगितामा अहिलेसम्म भएका सात खेलमा पाँच खेल जितेको छ भने दुई खेलमा हार बेहोरेको छ । ६ खेल खेलेको ललितपुरले पाँचमा जित र एकमा हार बेहोरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्