
काठमाडौं – आइतबार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको छ ।
परकम्पको धक्का उपत्यकामा पनि महशुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो २०७२ साल बैशाख १२ गतेकै भूकम्पको परकम्प हो ।
यसअघि गत कात्तिक ८ गते सिन्धुपाल्चोक र दोलखाको सिमानामा ४ रेक्टर स्केलको परकम्प गएको थियो ।