०३ असार २०८३, बुधबार

शाहरुख खानको जिरो भयो फ्लप, कमाइमा पछारियो

शाहरुख खानको जिरो भयो फ्लप, कमाइमा पछारियो

काठमाडौं — बलिउडका सुपरस्टार शाहरुख खानको फिल्म जिरोले बक्स अफिसमा चमत्कार देखाउन सकेको छैन । 

फिल्मले पहिलो दिन भारतमा २० करोड १४ लाख भारु कारोबार गरेपनि दोस्रो दिन त्यो घटेर जम्मा १८ करोड भारुमा खुम्चिएको छ । 

दुई सय करोड भारुको बजेटमा बनेको फिल्मको कारोबार ओरालो लाग्न थालेको संकेत प्रस्ट देखिएको छ । भारतीय दर्शकहरूले यो फिल्म खासै मन पराएको देखिएन । 

विदेशमा भने शाहरुखको क्रेज राम्रै हुनाले फिल्मले ठीकै कमाइ गरिरहेको छ । 

संसारभरिका कुल ५९ सय ६५ स्क्रीनमा फिल्म रिलिज गरिएको छ र रिलिजको हिसाबमा फिल्मले बम्पर कमाइ गर्न सकेको छैन । 

फिल्मले आफ्नो लगानी नै उठाउन पनि सक्दैन कि भन्ने आशंका गरिएको छ । 

शाहरुखको जब ह्यारी मेट सेजल नामक फिल्मले विदेशमा ४४ करोड कमाएको थियो भने भारतमा त्यो सुपरफ्लप भएको थियो । भनेपछि शाहरुखका विदेशी प्रशंसकहरूले प्रायः उनका फिल्मलाई घाटामा जानबाट बचाउने गरेका
छन् । जिरोको भाग्य पनि त्यस्तै  छ कि ?

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्