२८ जेठ २०८३, बिहीबार

गिरान्चौरबासीलाई विदाई गर्दा मुसहरहरु भावुक बने

कात्तिक २०, २०७४
गिरान्चौरबासीलाई विदाई गर्दा मुसहरहरु भावुक बने
महोत्तरी, २३ फागुन-धुर्मस सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबास –२ मा निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीमा एक हप्ते श्रमदान गर्न सिन्धुपालचोकको मेलम्ची नगरपालिका ८ गिरन्चौर एकिकृत नमुना मुसहर बस्तीबाट आइपुगेकाहरुलाई बर्दिबासका मुसहरहरुले विदाई गर्दा भावुक भएका छन् ।

पहाडी जिल्लाबाट श्रमदान गर्न आइपुगेका उनीहरुलाई मुसहर बस्तीका स्थानियहरु मधेशको पहिचान गम्छाको पगडी लागाएर गिरान्चौर एकिकृत नमुना बस्तीका व्यवस्थान समितिका अध्यक्ष रामबहादुर तमाङ्गलाई अविर लगाएर मायाको चिनो प्रदान गरेका थिए भने , गिरानचौरका स्थानीयहरुहरुको तर्फबाट नमुना बस्तीका अध्यक्ष तमाङ्गले अविर लगाएर एकिकृत नमुना मुसहर बस्तीका अध्यक्ष विल्टु सादालाई ढाका टोपी लगाएर मायाको चिनो साटा साट गरेका थिए ।

गिरान्चौरबासीले धुर्मुसलाई ढाका टोपी लगाएर र बर्दिबासका मुसहर बस्तीका बासिन्दाले गम्छा ओढाएर सम्मान गरेका थिए ।

‘हामीले चाहेको सद्भाव, हामीले खोजेको एकता गिरान्चौर एकिकृत नमुना बस्ती सिन्धुपाल्चोकका स्थानियबासिन्दा (तामाङ्ग) र एकिकृत नमुना मुसहर बस्तीका (मुसहर)हरु बीचमा मायाको चिनो ( ढाकाटोपी र गम्छा) साटासाटले सिङ्गो देशले खोजेको एकता यहिनै हो सन्देश दिएको छ,’ विदाई कार्यक्रममा धर्मुसले भने,‘देश बनाउन सबै एकबद्ध हुनु पर्छ ।’एकहप्ते श्रमदानपछि गिरान्चौरबासी मुसहर बस्तीबाट फर्किदै गर्दाकोे क्षणले मुसहर बस्तीका बासिन्दाहरु भावुक भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्