काठमाडौ, २३ फागुन– पत्रकारिता विकास समाजको अधिवेशनबाट माधवप्रसाद तिवारी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् ।
समाजको सोमबार अनामनगरमा भएको अधिवेशनले तिवारीलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा तीर्थराज भण्डारी र महासचिवमा प्रेमराज खनाल निर्वाचित भएका छन् ।
केन्द्रीय सभासद्मा महेन्द्र भट्टराई र दीर्गबहादुर खत्री चयन भएको नेपाल पत्रकार महासंघका एसोशियट सचिव धुव्र लम्सालले जानकारी दिए । त्यस्तै प्रदेश सभासद्मा कश्यप न्यौपाने र उज्जल तिवारी निर्वाचित भएका छन् ।
समाजका संस्थापक अध्यक्ष एवम् संरक्षक केदार खड्काले नयाँ टिमले संस्थालाई अझै गति दिएर पत्रकारिताको विकासमा योगदान दिने विश्वास व्यक्त गरे ।