०३ असार २०८३, बुधबार

एमाले नेताले मागे गृहमन्त्रीकाे राजिनामा

कात्तिक २०, २०७४
एमाले नेताले मागे गृहमन्त्रीकाे राजिनामा
काठमाडाैं, २३ फागुन-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर फुयाँलले गृहमन्त्री विमलेन्द्र निधिको राजिनामा माग गरेका छन्।

राजधानीमा अायाेजित एक कार्यक्रममा फुयाँलले गृहमन्त्रीको कुर्सी सिँगो नेपालको कुर्सी भएकोले त्यो कुर्सीमा बसेर असुरक्षा भड्काउने काम गरेको आरोप लगाउँदै तत्काल राजिनामा दिनुपर्ने माँग गरेका हुन्। मन्त्री निधिले एमालेलाई मधेशबाट लेखट भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै निधिको उक्त भनाईप्रति आफूहरुको गम्भिर आपत्ति रहेको फुयाँलले बताए।

उनले यसबारेमा सदनमा समेत आफ्नो पार्टीले कुरा उठाउने स्पष्ट पारे। फुयाँलले भने,‘यो मुद्दा सिँगो पार्टीको मुद्दा हो।’
उनले आफ्नो पार्टीको मेची–महाकाली अभियान पूर्वनिर्धारित कार्यक्रम रहेको बताउँदै उक्त अभियान संविधान कार्यान्वयनको लागि भएको स्पष्ट पारे। उनले स्थानीय तहको निर्वाचन र संविधान संशोधनवीच कुनै साईनो–सम्बन्ध नै नरहेको जिकिर गरे।

उनले आफ्नो पार्टीले अभियान चलाउनु भनेको संविधानको मौलिक हकको प्रयोग गरेको बताए। उनले भने,‘मधेशमा एमालेले आमसभा गर्न पाउँछ, नेपालको कुनैपनि भुभागमा आवतजावत गर्न पाउँछ, सभाको आयोजना गर्न पाउँछ।’

उनले पूर्ण लोकतन्त्रको रेल एमालेले दौडाएको बताउँदै अभियान देशभर दौडाउने बताए। उनले थपे,‘हामी देशभरि आमसभा गर्छों, मधेशमा लाखौं लाख जनताहरु अभियानमा होमिनुहुन्छ।’

मधेशी मोर्चाले त एमालेलाई मधेशमा प्रवेश गर्न नदिने भनेर उद्धघोष गरिसकेको छ नि भनेर पत्रकारले सोधेको प्रश्नमा फुयाँलले भने,‘बाघले बन देखेको छ, एमाले बाघ हो, त्यसैले बाघले बन देखेको छ।’

salt training

कमेन्ट गर्नुहोस्