
काठमाडौं – इन्डोनेसियामा गएको सुनामीका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रेषित सन्देशमा गम्भीर गल्ती गर्ने अधिकारीमाथि परराष्ट्र मन्त्रालयले छानबिन शुरू गरेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निजी सचिवालयले बिहीवार विज्ञप्ति प्रकाशित गरी त्रुटि सम्बन्धमा सम्बन्धित अधिकारीसँग स्पष्टीकरण मागिएको जनाएको छ ।
‘त्रुटि कसरी हुन गयो भन्नेबारे सम्बन्धित अधिकारीहरूसँग स्पष्टीकरण माग गरिएको छ, तथ्य पत्ता लागेपछि संलग्नलाई उचित कारवाही गरिने बेहोरा जानकारी गराइन्छ,’ सचिवालयको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि राष्ट्रपति भण्डारीको सन्देश भन्दै परराष्ट्रले जारी गरेको विज्ञप्तिमा ‘समवेदना’ लेख्नुपर्ने ठाउमा ‘बधाई’ लेखिएको थियो ।
यस्तो संवेनदशील विषयमा खेलबाड भएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।
पढ्नुहोस्, यो पनि :
यी हुन् ‘नालायक’ परराष्ट्र सचिव, गरे देशकै बेइज्जत !
सरकारी निकायबाट एकै दिन अचम्मका तीन गल्ती (हेर्नुस् गल्तीका फेहरिस्त)