२१ जेठ २०८३, बिहीबार

धुम्बराहीमा नेकपा बैठक जारी, राजनीति प्रतिवेदन परिमार्जनबारे छलफल चल्दै

धुम्बराहीमा नेकपा बैठक जारी, राजनीति प्रतिवेदन परिमार्जनबारे छलफल चल्दै

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बसिरहेको छ । बिहान ८ बजेदेखि पार्टी कार्यालय धुम्बराहीमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन परिमार्जनको विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । 

बिहीवारको बैठकमा अध्यक्ष ओलीले सदस्यहरुले राजनीतिक प्रतिवेदनमाथि उठाएका प्रश्नको जवाफ दिएका थिए । ओलीको जवाफ चित्तबुझ्नो नभएको भन्दै नेताहरु वामदेव गौतम, भीम रावल र घनश्याम भुसालले आफूहरुले उठाएका विषय सम्वोधन नगरी प्रतिवेदन पारित गर्न नसकिने बताएका थिए । 

ओलीले जवाफ दिएपछि धेरै नेताले बोल्नका लागि हात उठाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सम्मका लागि बैठक स्थगित गर्न प्रस्ताव गरेका थिए । दुई घण्टा लामो जवाफका क्रममा ओलीले सरकारले राम्रो काम गरेकोमा बाहिर जनता उत्साहित भएपनि पार्टीमा विरोध भएको गुनासो गरेका थिए । 

मंसिर २९ गते शुरु बैठक शुक्रवार नै समापन गर्ने तयारी रहेको नेकपा स्रोतले जानकारी दियो । 
 

salt training

कमेन्ट गर्नुहोस्