
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओलील र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ ।
अध्यक्षले पेश गरेको राजनीतिक प्रस्ताव स्थायी कमिटी सदस्यहरुको सल्लाह सुझावलाई समेट्दै पारित भएको बैठकपछि नेकपाका नेता झलनाथ खनालले जानकारी दिए । स्थायी कमिटीमा उठेका विषयरुलाई अध्यक्षद्वयले प्रतिवेनमा समेट्ने र त्यसलाई सचिवालय बैठकमा प्रस्तुत गर्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
शुक्रबार विहान ८ बजेदेखि बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथि थप छलफल भएको थियो ।
स्थायी कमिटीका सदस्यहरुले उठाएको प्रश्नको विहीबारको बैठकमा पार्टी अध्यक्ष केपी ओलीले जावफ दिएका थिए । ओलीले हिजो(विहीवार) नै राजनीतिक प्रस्ताव जस्ताको तस्तै पारित गर्न बैठकमा प्रस्ताव गरेका थिए । तर वामदेव गौतम,भीम रावल, घनश्याम भुसाललगातयका नेताहरुले सदस्यहरुले उठाएका विषयमा प्रस्तावमा समावेश हुनुपर्ने भन्दै आपत्ति जनाएपछि बैठक सकिएको थियो ।