०२ साउन २०८३, शनिबार

नेकपा बैठक– राजनीतिक प्रस्ताव पारित, ९ सदस्यीय कार्यदल गठन

पुस १३, २०७५
नेकपा बैठक– राजनीतिक प्रस्ताव पारित, ९ सदस्यीय कार्यदल गठन

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले दुई पार्टीबीचको साङ्गठनिक एकता र अन्य राजनीतिक विषयहरु सल्ट्याउनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । 

दुई साता लामो बैठकको अन्तिम दिन आज(शुक्रवार) स्थायी कमिटी बैठकले रामबहादुर थापाको नेतृत्वमा महासचिव विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुवीर महासेठ सम्मिलित कार्यदल गठन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजीले जानकारी दिए । 

कार्यदललाई पुस मसान्तभित्रै दुई पार्टीको सांगठनिक एकीकरण पूरा गर्ने गरि काम गर्ने जिम्मेवारी दिइएको छ ।

कार्यदलले सांगठनिक एकीकरण पूरा गर्नु अगावै पार्टी अध्यक्षद्वयलाई सुझाव दिने प्रवक्ता श्रेष्ठले बताए । कार्यदलले प्रतिवेदन पेश गरेपछि सचिवालय बैठक र पुसभित्रै स्थायी कमिटीको अर्कौ बैठक बस्ने निर्णय भएको प्रवक्ता श्रेठले जानकरी दिए । 

राजनीतिक प्रस्ताव पारित

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव पनि शुक्रवारको बैठकले पारित गरेको छ । 

स्थायी कमिटी बैठकमा सदस्यहरुले राखेका विभिन्न विषयलाई सम्बोधन गर्ने गरि अध्यक्षद्वयको प्रतिवेदन पारित भएको नेता झलनाथ खनालले जानकारी दिए । 

बैठकमा उठेका विभिन्न विषयलाई प्रतिवेदनमा समावेश गर्ने र सचिवालय बैठकमा पेश गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

स्थायी कमिटीका सदस्यहरुले उठाएको प्रश्नको विहीबारको बैठकमा पार्टी अध्यक्ष केपी ओलीले जावफ दिएका थिए ।

ओलीले हिजो९विहीवार० नै राजनीतिक प्रस्ताव जस्ताको तस्तै पारित गर्न बैठकमा प्रस्ताव गरेका थिए । तर वामदेव गौतम,भीम रावल, घनश्याम भुसाललगातयका नेताहरुले सदस्यहरुले उठाएका विषयमा प्रस्तावमा समावेश हुनुपर्ने भन्दै आपत्ति जनाएपछि बैठक सकिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्