१२ असार २०८३, शुक्रबार

सुडानमा पाउरोटीको मूल्यवृद्धिपछि हिंस्रक प्रदर्शन, १९ जनाको मृत्यु

सुडानमा पाउरोटीको मूल्यवृद्धिपछि हिंस्रक प्रदर्शन, १९ जनाको मृत्यु

काठमाडौं — पाउरोटीको मूल्यमा भएको वृद्धिविरुद्ध प्रदर्शन गरिरहेका मानिस र सुडानको दंगाप्रहरीबीच भएको झडपमा १९ जना मारिएका छन् । 

मारिनेमा दुई सुरक्षाकर्मी पनि रहेको सरकारले जानकारी दिएको छ । 

सुडानमा भोकमरीको विकराल समस्या छ । मूल्यवृद्धिको सरकारी निर्णयलाई मानिसहरूले विरोध गर्नुपरेको हो ।

सरकारी प्रवक्ता बोशरा जुमाले घटनामा दुई सुरक्षाकर्मीसहित १९ जना मारिएको बताए । २१९ जना घाइते भएका छन् । पाउरोटीको मूल्य एक पाउन्डबाट बढाएर तीन पाउन्ड बनाइएको छ । 

बिहीवार विरोध प्रदर्शन सुडानको राजधानी खार्तूमसम्म पुगेको थियो । राष्ट्रपति भवननजिक एकत्र भीडलाई तितरबितर गर्नका लागि प्रहरीले अश्रूग्यास प्रहार गरेको थियो । 

यसैबीच शहरका सांसद मुबारक अल नूरले प्रदर्शनकारीमाथि बल प्रयोग नगर्न अनुरोध गरेका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्