२६ असार २०८३, शुक्रबार

इलाममा ३ सय ३० सौर्य सडकबत्ती जडान गरिने

कात्तिक २०, २०७४
इलाममा ३ सय ३० सौर्य सडकबत्ती जडान गरिने
इलाम, २४ फागुन –इलाम नगरपालिका कार्यालय र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले सदरमुकाममा ३ सय ३० वटा सौर्य सडकबत्ती जडान गर्ने भएको छ ।

इलाम नगरपालिका कार्यालयले स्थानीयको साझेदारीमा १ सय ३० वटा सडकबत्ती जडान गर्ने भएको छ । यसमा उपभोक्ताको ३५ प्रतिशत र स्थानीय विकास मन्त्रालयको बाँकी लगानीमा सडकबत्ती जडान गरिने नगरपालिकाका प्राविधिक मेघनाथ ढुङ्गानाले बताए ।


सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले १ सइ २० सौर्य सडकबत्ती जडान गर्ने भएको छ । नगरपालिकाभित्रको चार किलोमिटर सडक क्षेत्रमा सौर्यबत्ती जडान गरिने कार्यालयका कमलनिधि चापागार्इंले बताए।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले राख्ने सौर्य सडकबत्तीका लागि प्राथामिकता निर्धारण गरिसकेको छ । भानुपथदेखि थेवेचोक, बसपार्कदेखि चोकबजार हुँदै मालापथ र धोबीधारा क्षेत्रसम्म सौर्य सडकबत्ती जडान गर्ने जनाएको छ ।

सरकारी कार्यालय परिसरमा थप ८० वटा सौर्य सडकबत्ती जडान गरिने बताइएको छ । त्यसका लागि पनि प्राथमिकता निर्धारण भइसकेको छ ।

यहाँ रहेका सबैजसो सरकारी कार्यालयमा सौर्य सडकबत्ती जडान हुने सहरी विकासका चापागाईंले बताए ।

“सौर्य सडकबत्ती राख्नका लागि अहिले सर्वे सम्पन्न भइसकेको छ”, चापागाईले भने, “वैशाख÷जेठसम्ममा काम सकिन्छ ।” सोही कार्यक्रमअन्तर्गत केही कार्यालयमा भने वर्षात्को पानी सङ्कलनको काम पनि गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्