२२ असार २०८३, सोमबार

मुसाका अगाडि संसारको सबभन्दा शक्तिशाली देश निरीह, मच्चाए ह्वाइट हाउसमा आतंक

मुसाका अगाडि संसारको सबभन्दा शक्तिशाली देश निरीह, मच्चाए ह्वाइट हाउसमा आतंक

काठमाडौं — संसारको सबभन्दा शक्तिशाली देश अमेरिका मुसाका अगाडि निरीह देखिएको छ । राजधानी वाशिङटन डीसीमा सबैतिर मुसा देखिन्छन् । 

मुसाहरू वाशिङटन शहरका गल्लीमा घुम्दै खानाको खोजमा फोहरका भाँडामा जम्मा भएका देखिन्छन् । डीसीमा औसत हरेक पाँच फीटको दूरीमा एउटा मुसा भेटिन्छ  ।

हुँदाहुँदा मुसा ह्वाइट हाउस पनि पुगिसकेका छन् । 

एक निजी समाचार च्यानलका संवाददाताले ह्वाइट हाउस लनमा मुसा भेटे । उनले शुरूमा त लोखर्के हो कि भन्ठानेपनि त्यो त मुसा पो रहेछ । 

संवाददाताले ट्वीट गरेर यसको जानकारी दिए । खबर भाइल भयो । 

सन् २०१५ मा न्युयोर्क शहरमा भीडभाडयुक्त सडकमा मानिसले पिज्जा खाँदै गरेका मुसा भेटेका थिए । त्यतिखेर त्यसको खुबै चर्चा भएको थियो । मानिसले त्यसलाई पिज्जा –याट नाम दिएका थिए । 

ह्वाइट हाउसमै मुसा देखिएपछि भने मानिसले अनेकथरी टिप्पणी गरेका छन् । एकजनाले मुसो जागिर माग्न ह्वाइट हाउस पुगेको तर जहाज डुब्न लागेको देखेर भागेको लेखे । 

डीसीको स्वास्थ्य विभागले मुसासँग लड्नका लागि ठूलो रकम खर्च गर्छ । तर मुसाको संख्यालाई नियन्त्रण गर्न सकिएको छैन । मुसा भगाउन अमेरिकाले नयाँ रणनीति अपनाउनुपर्ने भएको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्