३१ असार २०८३, बुधबार

मनमोहन सिंहको बारेमा बनेको फिल्म दी एक्सिडेन्टल प्राइम मिनिस्टरको ट्रेलर सार्वजनिक (भिडियो)

मनमोहन सिंहको बारेमा बनेको फिल्म दी एक्सिडेन्टल प्राइम मिनिस्टरको ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं — अनुपम खेर र अक्षय खन्नाको प्रमुख भूमिका रहेको हिन्दी फिल्म दी एक्सिडेन्टल प्राइम मिनिस्टरको ट्रेलर सार्वजनिक गरिएको छ । 

सन् २०१४ मा प्रकाशित यही नामको पुस्तकका आधारमा फिल्म बनाइएको हो । उक्त पुस्तक सञ्जय बारुले लेखेका हुन् । 

फिल्ममा अनुपम खेर पूर्व प्रधानमन्त्री मनमोहन सिंह र अक्षय खन्ना चाहिँ सञ्जय बारुको भूमिकामा छन् । 

फिल्मको निर्देशन विजय रत्नाकर गुट्टेले गरेका हुन् ।

फिल्ममा कुल १४० कलाकार छन् । भारतका चर्चित व्यक्तित्वहरूको भूमिकालाई फिल्ममा विभिन्न कलाकारले निर्वाह गरेका छन् । 

बोहरा ब्रदर्शको निर्माणमा बनेको फिल्मको स्क्रिप्ट मयंक तिवारीले लेखेका हुन् । 

फिल्ममा जनवरी ११ मा सार्वजनिक हुनेछ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्