०२ असार २०८३, मंगलबार

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

भक्तपुर– डियुटीमा रहेको प्रहरी कर्मचारीलाई नगद १ सय रुपैयाँ घुस दिन खोज्ने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बा ४ ख ६६१९ नम्बरको टिफर चालक काभ्रे तिमाल गाउँपालिका ७ बस्ने ३६ वर्षीय बेनाबहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । 

    पेप्सिकोला मनहरा पुलस्थित टिफर चेकजाँच गर्ने क्रममा चालक तामाङले प्रहरीलाई सवारी चालक रसिदभित्र राखी नगद घुस दिन खोजेपछि रकम सहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको  छ । 
 

salt training

कमेन्ट गर्नुहोस्