
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लाखौं दक्ष जनशक्तिलाइ विदेशमा राखेर मुलुक समृद्ध हुन नसक्ने बताएका छन् ।
आज पार्टीको प्रबास विभागद्वारा काठमाडौंमा आयोजित ‘मुलुकको आर्थिक समृद्धिमा प्रबासीहरुको भूमिका’ बिषयक अन्तर्क्रीया कार्यक्रममा बोल्दै थापाले प्रबासमा रहेको ठूलो जनशक्तिबाट मुलुकमा भित्रीने ७ खरब रुपैयाँलाई राष्ट्रको बृहत्तर हितमा उपयोग गर्न राप्रपाले दीर्घकालीन कार्ययोजना तयार गर्ने समेत स्पष्ट पारे ।
थापाले मुकुकको आर्थिक समृद्धिमा प्रबासिहरुको महत्त्वपूर्ण भुमिका रहेको चर्चा गर्दै लाखौ सिर्जनसिल नेपालीलाई मुलुक बाहिर राखेर समृद्धिको कल्पना गर्न नसकिने दाबी गरे ।
नेपालको कुल आयको ३० प्रतिशत रेमिट्यान्सको रुपमा देशमा भित्री रहेको र नेपाली जनसंख्याक्क ठुलो हिस्सा बिदेश पलायन हुनु तथा रेमिट्यान्सको सहि सदुपयोग नहुनु चिन्ताको बिषय बनेको बताए ।
राप्रपा बैचारिक दृष्टिकोणबाट मात्र फरक नभएको चर्चा गर्दै खुला बजारमुखी अर्थतन्त्रलाई राष्ट्रको आर्थिक समृद्धिको रूपमा आत्मसात गरेको बताए ।