
फिजी– फिजीमा घरेलु हिंसाका कारण सन् २०१८ मा पाँच महिलाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।
फिजीका महिलाको सङ्कट केन्द्र (एफडब्लूसीसी)ले शुक्रबार दिएको जानकारीअनुसार महिलाविरुद्ध हुने घरेलु हिंसाको अवस्था अझै पनि चिन्ताजनक अवस्थामै रहेको छ ।
सो संस्थाकी संयोजक शामिमा अलिले घरेलु हिंसामा परी मृत्यु भएकामध्ये अधिकाँशको हत्या उनीहरूका श्रीमान्बाट भएको बताइन् ।
देशभरी भएका अन्य कैयौँ हिंसाका घटनामा परी ठूलो सङ्ख्यामा महिला घाइते पनि भएको विवरण आफूहरूसँग रहेको उनको भनाइ छ ।