३० जेठ २०८३, शनिबार

निगमको लापरबाहीले ६० दिनदेखि बोइङ मलेसियामै

पुस १४, २०७५
निगमको लापरबाहीले ६० दिनदेखि बोइङ मलेसियामै

काठमाडौं–सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायु सेवा निगमको बोइङ विमान काठमाडौं नफर्केको ६० दिन नाघिसकेको छ । तर अझैं मर्मत गरेर ल्याउने मिति टुंगो नलागेको आजको कान्तिपुर दैनिकमा खरब छापिएको छ । 
निगम व्यवस्थापनले समयमै मर्मत गर्न सामान झिकाउन नसकेपछि दुई महिना मलेसियामा अलपत्र परेको हो । 
‘इन्जिनको सी डक्ट उपकरण अमेरिकाबाट आइसक्ष्यो मर्मत हुँदैछ’, निगमका अधिकारीले भने, ‘उता न्यू इयर क्रिसमस चलेकाले जहाज कहिले काठमाडौं आउँछ टुंगो लागिसकेको छैन ।’ती अधिकारीका अनुसार यसपटक त्यहाँ मर्मतको जिम्मा पाएको इन्जिनियरिङ कम्पनी डेभिएसनले सोमबारसम्म मर्मत गरिसक्ने भाका दिएको छ । 
सो विमान लिलाम गर्ने निर्णय पनि निगमले गरिससकेको छ । 
संस्कृ,ि पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निगमले पुस पहिलो साता यो विमान बिक्री गर्ने प्रक्रिया थालिसकेको विवरण पठाइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्