१० साउन २०८३, आइतबार

डा. ओममूर्ति अनिलको सुझाव– जाडोमा यसरी जोगाउनुस् मुटु

डा. ओममूर्ति अनिलको सुझाव– जाडोमा यसरी जोगाउनुस् मुटु

केहि दिनयता जाडो ह्वात्तै बढेपछि देशभर जनजीवन प्रभावित भएका विवरणहरू आएका छन्।

यस्तो अवस्थामा विरामी र वृद्धहरूलाई हृदयाघात हुने संभावना बढी हुने चिकित्सकहरू बताउँछन्।

गर्मीको तुलनामा जाडो मौसममा मानिसमा मुटु रोगसम्बन्धी जोखिममा बढी रहने उनीहरूको भनाइ छ।

रक्तचाप कहिले धेरै कहिले कम हुने समस्या जाडो बेला बढी हुन्छ।

चिसोको असर

यसको एउटा कारण चिसोले रक्तनली र शरीरमा पार्ने सिधा प्रभाव हो।

अर्को, चिसोका कारण शरीरमा उत्पन्न हुने रसायन वा हर्मोनहरू हुन् जसले मुटुको चाल वा धड्कन बढाउन मद्दत गर्छन्। मुटु भित्रका नलीमा रक्त संचार अवरुद्ध गर्ने र रगत जम्ने सम्भावना बढाइदिन्छ।

कुन उमेर समूहका मानिस जोखिममा छन् भन्ने जिज्ञासामा वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल भन्छन् " उमेरले ६० नाघेका मानिसहरू, मधुमेह वा दमका रोगी, अन्य रोग लागेका वा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या भएका जस्तै मुटुको अनियमित चाल, उच्च वा न्यून रक्तचाप, बाइपास सर्जरी गरेका वा मुटुको काम गर्ने शैलीमा समस्या भोगेका विरामीहरूले जाडोमा विशेष मुटुको हेरचाह गर्न पर्छ।"

मुटु बचाउन चिसोबाट बच्नु पहिलो र महत्त्वपूर्ण उपाय भएको डा. अनिल बताउँछन्।

चिसोमा बाहिर ननिस्कने

त्यसैले विहानविहानै अति चिसोमा गरिने हिँडडुल कम गर्ने वा बन्दै गर्नु पर्ने उनी सुझाउँछन्।

हिँड्नै परेपनि दुईतीनवटा न्यानो बनाउने लुगाहरू लगाएर मात्र हिँड्न पर्ने, पानी परेका बेला वा हावा चलेका बेला जोखिम बढ्ने भएकाले त्यस्तो बेला बाहिर ननिस्कनुमै हित हुने उनी बताउँछन्।

स्वस्थ मुटुका लागि खानपानमा समेत विशेष ख्याल गर्न पर्ने चिकित्सकहरू बताउँछन्।

चुरोट सेवन बन्द गर्ने

विशेषगरी जाडो छल्न भन्दै बढ्ने चुरोट र मदिरापानमा नियन्त्रण गुमाउँदा धेरै मानिसहरूमा मुटुको जोखिम बढ्ने र कसैकसैको यही बेला हृदयाघात भइ मृत्यु पनि हुने गरेको उनीहरू बताउँछन्।

salt training

कमेन्ट गर्नुहोस्