१० साउन २०८३, आइतबार

निजी आवास निर्माणका लागि बैंकबाट ऋण लिनेक्रम बढ्दो

निजी आवास निर्माणका लागि बैंकबाट ऋण लिनेक्रम बढ्दो

काठमाडौँ– सुरक्षित आवास निर्माणका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेक्रम बढ्दै गएको पाइएको छ । 

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर निजी घर तथा आवास निर्माण गर्न पाइने भएकाले कर्जाको माग बढ्दै गएको पाइएको हो । निजी आवास निर्माणका लागि एक हजार ४०० जनाले बैंकबाट ऋण लिएका छन् । 

भूकम्पपीडितलाई ऋण उपलब्ध गराउन शून्य प्रतिशत ब्याजदरमा आवासीय घर निर्माणका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियत कर्जा उपलब्ध गराएको छ । 

त्यस्तो कर्जा उपभोग गर्ने बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितबाट दुई प्रतिशतमात्रै व्याज लिन पाउनेछन् । केन्द्रीय बैंकले हालै प्रकाशित गरेको चालू आर्थिक वर्षको पछिल्लो चार महीनाको विवरणअनुसार रु दुई अर्ब २३ करोड कर्जा उपलब्ध गराइएको छ । 

पुनःनिर्माण प्राधिकरणका अनुसार हालसम्म तीन लाख ३८ हजार १४७ निजी घर तथा आवास पुनःनिर्माण भएका छन् । बैंकले उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने लक्ष्यले रु १५ अर्ब ६३ करोड पुनःकर्जा लगानी गरेको छ । 

यस्तै गत कात्तिक मसान्तसम्ममा सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्या नौ हजार ७४९ रहेका छन् । 

सो कार्यक्रमअन्तर्गत रु १४ अर्ब ३८ करोड ऋण बक्यौता रहेको छ । यस्तै रु ७५ करोड ८२ लाख ब्याज अनुदान प्रदान गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्