२५ जेठ २०८३, सोमबार

बिराट एक्स्पो २२ करोड कारोवार गर्दै सकियो

बिराट एक्स्पो २२ करोड कारोवार गर्दै सकियो

विराटनगर– विराटनगरमा विराट एक्स्पो सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजना गरी मेला पूर्णरुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । मोरङ व्यापार संघको आयोजनामा भएको मेलामा करिब २२ करोड रुपैयाँ कारोवार भएको व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले जानकारी दिए ।

करिब १ लाख २५ हजार दर्शकले अवलोकन गरेको भनिएको मेलामा स्थानीय उत्पादनको प्रवद्र्धन गर्नको लागि मेला सफल भएको सारडाले बताए । मेला अवधिमा केही कमी कमजोरीहरु भएपनि आगामी दिनमा त्यसलाई सच्याएर लैजाने पक्षमा आफूहरु रहेको बताएका सारडाले मेलामा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा प्रमख अतिथीको रुपमा पुगेका एक नम्बर प्रदेशका प्रदेश प्रमुख डा. गोविन्द तुम्बाहाङले विराटनगरमा भएको अन्तराष्ट्रिय स्तरको मेलाले प्रदेशलाई आर्थिक विकासमा टेवा पुर्याउने बताए । एउटा रमाइलोको रुपमा भन्दा पनि यस्ता गतिविधिले स्थानीय उत्पादनलाई प्रत्साहन गर्नेमा जोड दिए ।

समापन समारोहमा प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्य, प्रदेशसभा सदस्य, राजनीति दलका व्यक्ति, कर्मचारी, उद्योगी ब्यवसायीको सहभागीता रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्