काठमाडौं, २४ फागुन - सप्तरीको राजविराजमा आक्रमक बनेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास हानेको छ । मधेशी मोर्चाका कार्यकर्ताले सरकारी कार्यालयमा आगजनी गर्न खोजेपनि उनीहरूमाथि अश्रु ग्यास हानिएको हो ।तस्वीर : एफपी
उनीहरूले दूर संचार, शान्ति समिति, औद्योगिक क्षेत्र र जिल्ला प्रशासन कार्यालयमा आगजनी गर्ने कोशिश गरेका थिए । प्रहरी प्रशासन निकै संयमित बनिरहेको भएपनि मोर्चाका कार्यकर्ता चाहिँ आक्रमक तरिकाले अघि बढेको सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले बताए ।