
काठमाडौं– भूकम्पले क्षति पुर्याएको राष्ट्रिय पुस्तकाल अवस्था दयनीय छ ।
हरिहरभवनमा रहेको राष्ट्रिय पुस्तकालय २०७२ सालको भूकम्पमा भत्किएपछि पुस्तकालयको कन्तबिजोग भएको थियो ।
पुस्तकालयले किताबको सुरक्षाका लागि शैक्षिक विकास केन्द्र सानोठिमीको ३ वटा कोठामा २१ हजार ३ सय किताब, महेन्द्र माविको २ तलामा ७० हजार किताब र हरिहरभवन राष्ट्रिय पुस्तकालयमा ७ हजार ५ सय किताब राखेको छ । भूकम्पले क्षति पुर्याएसँगै सयौं पुस्तकहरुमा क्षति पुगेको छ ।
अहिले हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालयको बाल शाखाबाट अन्तर्राष्ट्रिय पुस्तक पञ्जिकरण (आइ.एस.बि.एन) वितरण र दैनिक प्रशासकिय काम हुँदै आएको छ । भूकम्प गएको तीन वर्ष पूरा भइसक्दा पनि राष्ट्रिय पुस्तकालयल आफ्नो भवनमा सर्न सकेको छैन ।
आफ्नै भवन
भूकम्पपछि पुस्तक जोगाउन धौं धौं परिरहेको राष्ट्रिय पुस्तकालयले आफ्नै भवन बनाउका लागि प्रयास गरिरहेको छ ।
यसैक्रममा राष्ट्रिय पुस्तकालयले भवन निमार्णको लागि काठमाडौंको जमलमा जग्गा प्राप्त गरेको छ ।
विसं २०३२ सालको मन्त्रिपरिषद्ले जमलमा रहेको भवन २०७५ सालसम्म त्रिभुवन विश्वविद्यालयले भोगचलन गर्ने र त्यसपछि स्वतः राष्ट्रिय पुस्तकालयको हुने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार अब जमलको उक्त जग्गा राष्ट्रिय पुस्तकालयको भएको पुस्तकालयका चिफ लाइब्रेरियन उपेन्द्रप्रसाद मैनालीले बताए ।
पुस्तकालयले जमलमा रहेको झण्डै ८ रोपनी जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) पाइसकेको छ ।
पुस्तकालयमा नेपालको कला, संस्कृति, परम्परा झल्किने खालको नयाँ भवन बनाउनको लागि शिक्षा मन्त्रालयमा फाइल अगाडि बढाइएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप भवनको नयाँ डिजाइनको लागि शिक्षामन्त्री गिरिराजमणि पोखरल र प्राविधिकको टोलीसँग पहिलो चरणको छलफल भइसकेको प्रमुख मैनालीले बताए । ‘हालसम्म एकीकृत पुस्तकालय ऐन नभएकाले पुस्तकालय सञ्चालनमा कठिनाइ हुने गरेको छ,’ उनले भने ।

पुस्तकालयका अरु काम
राष्ट्रिय पुस्तकालयले नेपालमा लेखिएका र विदेशबाट नेपालका बारेमा लेखिएका पुस्तकहरुको अनुगमन गर्ने गरेको छ ।
नेपालमा प्रकाशित हुने पत्रपत्रिकाहलाई नम्वर दिने काम पनि राष्ट्रिय पुस्तकालयले गर्दै आएको छ ।
नेपाल र अन्य देशबीच भएका सन्धि र सम्झौत लगायतका महत्त्पूर्ण दस्तावेजलाई सुरक्षित राख्ने काम पनि राष्ट्रिय पुस्तकालयको हो ।
देश वा विदेशबाट नेपाली भाषामा छापिएको पुस्तकको भीओसी जाँच गर्ने कार्य राष्ट्रिय पुस्तकालयले गर्ने गर्छ । नेपाल र नेपाली भाषामा लेखिएका गलत विषको अध्ययनका साथै त्यस्तो कामलाई कानूनी दायरमा ल्याउने काम पनि राष्ट्रिय पुस्तकालयको हो ।

यस्तो छ इतिहास
२००७ साल पछि तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आर्चय छिमेकि देश भारत भ्रमणमा गएका थिए । भारत भ्रमणका क्रममा कोलकता पुगेका प्रधानमन्त्री आचार्यले कोलकतामा रहेको भारतको राष्ट्रिय पुस्तकालयको अवलोकन गरेका थिए ।
उक्त पुस्तकालयको अवलोकन पछि आचार्यले “नेपालमा पनि राष्ट्रिय पुस्तकालय स्थापना गरिने छ भनि भनेका थिए ।
तत्कालिन प्रधानमन्त्रीको घोषणा अनुसार २०१३ पुष १९ मा सिंहदरबारको केन्द्रिय सचिवालयमा पुस्तकालय स्थापना गरिएको थियो । ३ लाख भारतीय रुपैयाँमा ३० हजार पुस्तक खरिद गरिएको थियो भने अन्य ८ हजार पुस्तक समेत गरि ३ लाख ८ हजार पुस्तकहरुबाट सिंहदवारको सिक्रिढोका राष्ट्रिय पुस्तकालयको स्थापना गरिएको थियो ।
२०१८ सालमा राष्ट्रिय पुस्तकालयलाई सिंहदरबारबाट हरिहरभवनमा सारिएको थियो । जसले २०२३ सालदेखि सेवा दिँदै आएको छ ।
राष्ट्रिय पुस्तकालयले आगामी ८ वर्षमा नेपालमा तथा विदेशमा रहेका नेपाल सम्वन्धि पुस्तकलाई डिजिटलाइज गर्ने योजना बनाएको छ ।