२८ जेठ २०८३, बिहीबार

शाहरुख र आमिर एक प्रोजेक्टमा सँगसँगै देखिने

कात्तिक २०, २०७४
शाहरुख र आमिर एक प्रोजेक्टमा सँगसँगै देखिने
काठमाडौं, २४ फागुन — अहिलेसम्म बलिउडका ठूला दुई खान शाहरुख र आमिरले सँगै काम गरेका छैनन् । उनीहरू क्यामरामा त सँगै देखिएका थिएनन् केही अघिसम्म त ।


एक महिनाअघि शाहरुखले आमिरसँग सेल्फी लिएको फोटो अपलोड गरेका थिए ।

शाहरुख र आमिर एउटा परियोजनाका लागि सँगै देखिने भएका छन् । तर उनीहरू फिल्ममा सँगै देखिन लागेका होइनन् । एउटा टिभी विज्ञापनमा उनीहरू सँगै देखिन लागेका हुन् । स्टार प्लस च्यानलले यो विज्ञापन शूटिङ गराउन लागेको हो ।

स्टार प्लसको नयी सोच अभियानले शाहरुख र आमिरलाई सँगै लिन आँटेको हो । आमिरले सरदारजीको भूमिका खेलेको प्रोमोले राम्रो समीक्षा पाइरहेको छ अनि शाहरुखले टेड टकको भारतीय संस्करण नयी सोच चलाउँदैछन् ।

हुन त शाहरुख र आमिरले यसमा टिप्पणी गरेका छैनन् तर उनीहरूका फ्यानले यो जुगलबन्दीको अपेक्षा गरेका छन् ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्