२६ असार २०८३, शुक्रबार

नक्कली गहनालाई सक्कली भनेर ठगी गर्ने फन्दामा

पुस १५, २०७५
नक्कली गहनालाई सक्कली भनेर ठगी गर्ने फन्दामा

काठमाडौँ–महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली गरगहनालाई सक्कली भनेर विभिन्न व्यक्तिसँग लाखौँ रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । 

परिसरको टोलीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर क्षेत्रमा सुनका नक्कली गरगहना देखाएर रु चार लाखभन्दा बढी रकम ठगी गर्ने ललितपुरका २६ वर्षीय राजु परियारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । परियारले सुन जस्तो देखिने पहेँलो धातुलाई औँठी र सिक्री बनाएर रवि तामाङसँग रु दुई लाख र रमेश मगरसँग रु एक लाख ९० हजार ठगी गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 

पक्राउ परेकासँग प्रहरीले नक्कली सिक्री १० थान, बेरुवा औँठी ३२ थान, सादा ब्रासलेट एक थान, कानमा लगाउने रिङ एक जोर, धातुका विभिन्न औँठी पाँच थान, धातुका सिक्री एक थान, विभिन्न थानका पत्थर सात थान, नेपाली नागरिकता प्रमाणपत्र ११ थान, सवारी चालक अनुमतिपत्र दुई थान र मोबाइल चार थान बरामद गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्