
कञ्चनपुर– नेआईजीपीसर्वेन्द्र खनालले निर्मलाको हत्यामा संलग्न जोसुकै भए पनि नछाडिने बताएका छन् ।
महानिरीक्षक खनालले अनुसन्धानको कार्य कसैको दबाब, प्रभावमा नपरी निष्पक्षरुपमा अगाडि बढेको बताए ।
शङ्काको घेरामा आएका सानाठूला सबैलाई अनुसन्धानको दायरामा ल्याइने उनले बताए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा महिला अधिकारकर्मीसँग आज छलफल गर्दै खनालले दोषी उम्कन नपाउने बताए ।
यस घटनालाई निकै गम्भीररुपमा लिएको चर्चा गर्दै उनले निकै गहनरुपमा अनुसन्धान भइरहेको बताए ।