२४ जेठ २०८३, आइतबार

सामान बोक्ने ट्रकमा १ सय ६० किलो चरेस

सामान बोक्ने ट्रकमा १ सय ६० किलो चरेस

वीरगन्ज– पर्सा प्रहरीले १ सय ६० किलो लागू औषध चरेससहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ । 

मकवानपुरको मनहरीबाट वीरगन्जतर्फ आउँदै गरेको ना४ख २९८५ नम्बरको ट्रकबाट १ सय ६० किलो चरेश बरामद भएको हो । 

चरेससहित ट्रकका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ बस्ने २९ वर्षीय सागर वललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

ट्रकको बडी र क्याभिनको बीच भागमा फल्स बटम बनाइ लुकाएर भारततर्फ लैजाँदै गर्दा ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्