
चौतारा – लामोसाँघु–जिरी सडकअन्तर्गत सिन्धुपाल्चोकको सिलदुङ्गास्थित २३ किलोमा आज बिहान टिप्पर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर रहेको र घाइते सबैको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आवास निर्माणका लागि बनेपाबाट सिमेण्ट र रड लिएर दोलखाको मागा पौवा जाँदै गरेको बा४ख ८२९७ नंको टिप्पर सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरी चौकी मुढेको प्रहरी नायब निरीक्षक यमबहादुर बुढाथोकीले जानकारी दिए । रातको समय भएकाले चालक निदाएकाले दुर्घटना भएको र घाइते सबै दोलखा जिल्लाका भएको प्रहरीले जानकारी दिएको छ ।