
काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)सँग एक दिवसीय क्रिकेट सिरिज खेल्न प्रारम्भिक नेपाली टोली घोषणा भएको छ ।
छनोट समितिले पारस खड्काको कप्तानीमा २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।
टोलीमा पारसका अलावा उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, सरद भेसवाकर, सन्दीप लामिछाने, वसन्त रेग्मी, सोमपाल कामी र रोहित पौडेल छन् ।
यसैगरी अलावा अभिनास बोहोरा, भीम सार्की, विक्रम सोब, ललित राजवंशी, आरिफ शेख, पवल शर्राफ, प्रदीप ऐरी, सन्दीप जोरा र सुशान भारी पनि टीममा परेका छन् ।
नेपालले युएईसँग तीन एकदिवसीय र तीन टी-ट्वान्टी खेलको सिरिज खेल्नेछ ।
पहिलो एकदिवसीय खेल माघ ११ गते हुनेछ । दोस्रो खेल माघ १२ र तेस्रो खेल माघ १४ गतेका लागि तय भएको छ । यस्तै टी-ट्वान्टीतर्फ पहिलो खेल माघ १७, दोस्रो माघ १८ र तेस्रो माघ २० गते हुनेछ ।