
काठमाडौं – त्रिभुवन विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर उत्तीर्ण तथा विद्यावारिधि उपाधि हासिल ९ हजार विद्यार्थी दीक्षित भएका छन् ।
ललितपुरस्थित पुल्चोक इञ्जिनियरिङ क्याम्पसको मैदानमा सोमवार आयोजित ४४औँ दीक्षान्त समारोहमा त्रिविका कुलपति प्रधानमन्त्री केपी शर्माले ती विद्यार्थीलाई दीक्षित गराएका हुन् ।
समारोहमा २०७४ सालको जेठ १८ गतेदेखि २०७५ जेठ ३१ गतेसम्म ‘ट्रान्सक्रिप्ट’ लिएका ७४ हजार २८२ जना विद्यार्थीमध्ये नौ हजार ५ सय ४ जना विद्यार्थी दीक्षित भएका छन् ।
समारोहमा जवाहरलाल नेहरु विश्वविद्यालय नयाँ दिल्ली भारतको स्कूल अफ इन्टरनेसनल स्टडिज अन्तर्गत साउथ एसियन इकोनोमिक्सका प्राध्यापक महेन्द्र पी लामा प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए ।
हेर्नुहोस्, तस्वीरहरू :










































