०३ असार २०८३, बुधबार

प्रहरीलाई घुस दिने पक्राउ

प्रहरीलाई घुस दिने पक्राउ

काठमाडौं– महानगरीय प्रहरी प्रभाग नागढुंगाले डिउटीमा रहेको प्रहरीलाई घुस दिन खोज्नेलाई पक्राउ गरेको छ ।

प्रहरीले बुटवलबाट काठमाण्डौ आउँदै गरेको लु १ख ९४६९ नंको यात्रुवाहक बसका सहचालक रुपन्देही बुटवल नगरपालिका २ घर भएको २८ वर्षीय राम बहादुर सुवेदीले डिउटीमा रहेका प्रहरीलाई चेकजाँचको क्रममा नगद रु १५०० घुस दिन खोज्दा उनलाई नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्