२९ असार २०८३, सोमबार

लमजुङकाे सुन्नदरबजार नगरपालिकाका लेखापालमाथि कार्यकक्षमै कुटपिट

लमजुङकाे सुन्नदरबजार नगरपालिकाका लेखापालमाथि कार्यकक्षमै कुटपिट

सुन्दरबजार– लमजुङको शुन्दरबजार नगरपालिकाका लेखापालमाथि कार्यकक्षमै कुटिपिट भएको छ । 

नगरपालिकाको कार्यालय नजिकै रेस्टुरेन्ट सञ्चालन गर्ने नवीन श्रेष्ठ नाम गरेका व्यक्तिले लेखापाल श्याम बहादुर पराजुलीमाथि कुटपिट गरेका हुन् । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार श्रेष्ठले खड्कालाई बाहिर बोलाउँदा नआएपछि कार्यकक्षमै गएर कुटपिट गरेका हुन् । 

श्रेष्ठको कुटपिटबाट लेखापाल खड्का घाइते भएका छन् । उनको सुन्दरबजारस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

कुटपिटमा संलग्न फरार रहेको जनाइएको छ । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ । 

नगरपालिकाका कर्मचारीले कुटपिटमा संलग्न श्रेष्ठलाई कारबाहीको माग गर्दै नगरपालिकाको कामकाज ठप्प पारेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्