३१ जेठ २०८३, आइतबार

आफूले किशोरावस्थामा घरमा काम गर्ने महिलालाई शोषण गरेको फिलिपिनो राष्ट्रपतिको स्वीकारोक्ति

आफूले किशोरावस्थामा घरमा काम गर्ने महिलालाई शोषण गरेको फिलिपिनो राष्ट्रपतिको स्वीकारोक्ति

काठमाडौं — फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले किशोरावस्थामा घरमा काम गर्ने एक महिलाको यौन शोषण गरेको स्वीकार गरेका छन् । उनको यो स्वीकारोक्तिले महिला समूहको आलोचना निम्त्याएको छ । 

तर उनको कार्यालयले यसलाई मजाक भनी टारेको छ । 

डुटेर्टेले भद्दा किसिमका मजाक गरेर विश्वभरिका हेडलाइनमा कब्जा जमाउने गरेका छन् । उनले बलात्कारका विषयमा मजाक पनि गर्ने गरेका छन् । तर उनले स्थानीय अधिकारीहरूलाई गरेको सम्बोधनमा भने उनले सार्वजनिक
रूपमा पहिलोपल्ट महिलालाई शोषण गरेको स्वीकार गरेका छन् । 

उक्त सम्बोधनमा उनले रोमन क्याथोलिक चर्चविरुद्ध आक्रोश पोखे । क्याथोलिक धर्मले पाखण्ड देखाउने गरेको उनको आरोप छ । आफूले महिला कामदारको शयनकक्षमा पसेर उनलाई आक्रमण गरेको एक पादरीसमक्ष कन्फेसन
गरेको बताए । 

‘मैले कम्बल उठाएँ,’ डुटेर्टेले भने, ‘मैले उनको अन्तर्वस्त्रभित्रको अंगलाई छुन खोजे ।’

‘मैले छोइरहेको थिएँ । उनी उठिन् । अनि म कोठाबाट निस्किएँ,’ उनले थपे । 

त्यसपछि पादरीले पाँचचोटि हेल मेरी भन्न लगाए अनि नभनेमा नर्क जाने बताए । 

डुटेर्टेका टिप्पणीहरूले चर्चमा हुने यौन शोषणमाथि प्रकाश पार्ने उद्देश्य लिएको भए पनि उनका आलोचकहरूले उनले  तत्कालै राजीनामा दिनुपर्ने बताए । 

द न्युयोर्क टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्