
काठमाडौं – नयाँ वर्ष २०१९ को शुुभारम्भसँगै नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र बैंकका भिसा कार्ड सञ्जालसँग आवद्ध रहेका १४ वटा बैंक र भिसाको संयुक्त सहकार्यको रुपमा भिसा कार्ड लोयल्टी प्रोग्राम २०१९ सन्डे फन्डे र वाह् वेनस्डे गरी २ भिन्न प्रकारको योजना सार्वजनिक गरिएको छ ।
सन्डे फन्डे अन्तर्गत बैंकका भिसा डोमेस्टिक कार्डबाहकले हरेक आइतवार देशभरका पोस (प्वाइन्ट अफ सेल टर्मिनल) मा सामान तथा सुविधा खरिद गर्दा भिसा डेबिट, प्रिपेड वा क्रेडिट कार्डमार्फत् भुक्तानी गरेर आफ्नो खातामा १५% वा अधिकतम् ५ सय रुपैयाँसम्म नगद फिर्ता हुने योजना ल्याएका छन् ।
वाह् वेनस्डे योजना अन्तर्गत बैंकका भिसा डोमेस्टिक कार्ड बाहकले भाटभटेनी सुुपरमार्केटका देशभरका कुुनै पनि शाखाबाट हरेक बुुधबार सामान खरिद गरेबापत अधिकतम् ७ सय ५० रुपैयाँसम्म गिफ्ट भौचर प्राप्त गर्न सकिने छन् ।
योजनाबाट सेन्चुरी बैंक लिमिटेड, गरिमा विकास बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड, कैलाश विकास बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड, मेगा बैंक नेपाल लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, एनसीसी बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, सहयोगी विकास बैंक लिमिटेड र युुनाइटेड फाईनान्स लिमिटेडका भिसा डोमेस्टिक कार्ड प्रयोगकर्ता लाभान्वित हुनेछन् ।
योजनाबाट नगदरहित कारोबारलाई प्रोत्साहन हुुने र सुुरक्षित डिजिटल कार्ड कारोबारतिर ग्राहकवर्ग आकर्षित हुुनेमा बैंक विश्वस्त छन् । योजना जनवरीदेखि अप्रिल २०१९ सम्म लागू हुुनेछ ।