१० साउन २०८३, आइतबार

भारतीय महिलाद्वारा पोखरामा आत्मदाह प्रयास, गम्भीर घाइते भएपछि उपचार हुँदै

भारतीय महिलाद्वारा पोखरामा आत्मदाह प्रयास, गम्भीर घाइते भएपछि उपचार हुँदै

पोखरा – भारतको महाराष्ट्रकी एक महिलाले पोखरामा आत्मदाहको प्रयास गरेकी छन् ।

शरीरमा मट्टितेल खन्याएर आत्मदाह गरेको प्रहरीले जनाएको छ । 

शरीरमा आगो लागेर घाइते भएकी महिला नारङ्गी भोजेलेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले बताए । 

उनका अनुसार भारतीय महिला परिवारसहित पोखरामा मागेर खाने गरिएकी थिइन् । ‘मागेको पैसाबाट रक्सी समेत खाने गरेकाले केही विवादमा त्यसो गरेको हुनसक्छ,’ प्रहरी निरीक्षक सुवेदीले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्