२० असार २०८३, शनिबार

नयाँ प्रधानन्यायाधीश जबराको शपथ ग्रहण आज

नयाँ प्रधानन्यायाधीश जबराको शपथ ग्रहण आज

काठमाडौं–संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि चालेन्द्र शमशेर जबराको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

समितिको मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस अनुमोदन गरेको हो ।

जबराले बुधबार बिहान सवा १० बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय भएको छ । 

शपथ ग्रहण गरेसँगै जबराले पदभार सम्हाल्ने कार्यक्रम तय भएको सर्वोच्च अदालतले जानकारी दिएको छ। जबराले ३ वर्ष ११ महिना प्रधानन्यायाधीशको रूपमा काम गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्