
काठमाडौं– बाराको सिमरास्थित इलाका प्रशासन कार्यालयमा कार्यरत सहायक कम्प्युटर अपरेटर (खरिदार) १ हजार ५ सय रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
नागरिकता प्रमाणपत्र बनाइ दिने भन्दै सेवाग्राहीसँग १ हजार ५ सय रुपैयाँ घुस लिएको अवस्थामा खरिदार राज्यनारायण साह पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले साहलाई घुस लिइसकेको अवस्थामा इलाका प्रशासन कार्यालयबाटै पक्राउ गरेको हो ।